देशबागमती प्रदेशबागमती प्रदेशमा डेंगुको संक्रमण बढ्दो

बागमती प्रदेशमा डेंगुको संक्रमण बढ्दो

हेटौँडा | बागमती प्रदेशमा डेंगु संक्रमणको संख्या उल्लेखनीय रूपमा बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका अनुसार, गत छ महिनामा बागमती प्रदेशमा सबैभन्दा बढी ४४२ जनामा डेंगु पुष्टि भएको छ। यो रोग प्रदेशका धेरैजसो जिल्लामा फैलिएको छ।

देशभरमा ७२ जिल्लाबाट कुल १,२६८ डेंगुका बिरामी पत्ता लागेका छन्। बागमती पछि, कोशी प्रदेशमा २९०, गण्डकीमा १९०, लुम्बिनीमा १५१, र सुदूरपश्चिममा १४२ जनामा डेंगु देखिएको छ। मधेश र कर्णाली प्रदेशमा क्रमशः ३४ र १९ जना संक्रमित भेटिएका छन्।

जिल्लागत रूपमा, काठमाडौंमा १४१ र झापामा ११२ जना गरी सबैभन्दा बढी संक्रमित फेला परेका छन्। अन्य प्रभावित जिल्लाहरूमा चितवन, मकवानपुर, डोटी, तनहुँ, सिन्धुपाल्चोक, ओखलढुङ्गा, भक्तपुर र पाल्पा पर्दछन्।

गत वर्ष नेपालभर ५२,७९० जनामा डेंगु पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयले यस वर्ष डेंगुको संक्रमण अझै बढ्न सक्ने चेतावनी दिएको छ। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोकथामको प्रमुख उपाय भएको बताएका छन्।

डेंगुका मुख्य लक्षणहरूमा उच्च ज्वरो, जोर्नी र मांसपेशीमा दुखाइ, आँखाको पछाडि दुखाइ, टाउको दुखाइ, शरीरमा रातो डाबर, वाकवाकी र बान्ता हुने समस्याहरू पर्दछन्। स्वास्थ्य अधिकारीहरूले सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img