हेटौँडा | देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा भोली सोमबार बिहान १० बजेदेखि नगरपालिका रोड हुँदै बुद्धचोकसम्म शान्तिपूर्ण र्याली निकाल्ने कार्यक्रम तय गरिएको हेटौँडामा बसेको जेन जीका युवाहरुको बैठकमा सहभागी एक सदस्यले बताएका छन्।
आन्दोलनको उद्देश्य भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र सरकारी निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उनले जानकारी दिए । विद्यार्थी र युवाको उल्लेख्य सहभागिता रहने दाबी गर्दै आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन्। हेटौँडाको प्रदर्शन ३ सय बढी सहभागी हुने बताईएको छ ।
हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन्। प्रतिबन्ध लगाइएको सन्दर्भमा टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो। विशेषगरी टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ, जहाँ नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि युवाहरूले प्रत्यक्ष प्रश्न उठाएका छन्।
‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्। ती भिडियोमा यस्तो सन्देश दिइएको छ| देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा बिहान १० बजेदेखि नगरपालिका रोड हुँदै बुद्धचोकसम्म शान्तिपूर्ण ¥याली निकाल्ने कार्यक्रम तय गरिएको हेटौँडामा बसेको जेन जीका युवाहरुको बैठकमा सहभागी एक सदस्यले बताएका छन्।
आन्दोलनको उद्देश्य भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र सरकारी निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उनले जानकारी दिए । विद्यार्थी र युवाको उल्लेख्य सहभागिता रहने दाबी गर्दै आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन्। हेटौँडाको प्रदर्शन ३ सय बढी सहभागी हुने बताईएको छ ।
हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन्। प्रतिबन्ध लगाइएको सन्दर्भमा टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो। विशेषगरी टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ, जहाँ नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि युवाहरूले प्रत्यक्ष प्रश्न उठाएका छन्।
‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्। ती भिडियोमा यस्तो सन्देश दिइएको छ ।