देशबागमती प्रदेशबागमतीमा प्रतिनिधिसभा निर्वाचन घोषणासँगै २ लाख बढी नयाँ मतदाता थपिए

बागमतीमा प्रतिनिधिसभा निर्वाचन घोषणासँगै २ लाख बढी नयाँ मतदाता थपिए

मकवानपुर  | आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति सार्वजनिकपछि बागमती प्रदेशमा २ लाख बढी नयाँ मतदाता थपिएका छन् ।  निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय सकिएसँगै प्रदेशभर २ लाख ४ हजार ९०५ जना नयाँ मतदाता सूचीकृत भएको तथ्यांक सार्वजनिक गरेको हो ।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये ९९ हजार ३३४ जनाले फोटो र औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत नाम दर्ता गराए भने १ लाख ५ हजार ५७१ जनाले राष्ट्रिय परिचयपत्रको विवरणमार्फत अनलाइनबाटै नाम थपेका छन्। राष्ट्रिय परिचयपत्रमार्फत दर्ता प्रक्रियालाई सहज बनाइएपछि अनलाइन दर्ता दर उल्लेख्य रूपमा उक्लिएको उनले बताए।

नयाँ दर्तासहित अब बागमती प्रदेशको कुल मतदाता संख्या ३६ लाख ७६ हजार ६९७ पुगेको छ। यसअघि यस प्रदेशमा ३४ लाख ७१ हजार ७९२ मतदाता सूचीमा रहेका थिए। दुई वर्षको अन्तरालमै मतदाता सङ्ख्या करिब २ लाख ५ हजार ले बढ्नु तबर प्रदेशमा जनसांख्यिक चलायमानता, राजधानी क्षेत्रको बसोबास वृद्धि र युवाहरूको सहभागिता बढ्दो दरसँग जोडिएको देखिन्छ।

प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यका फेरि पनि मतदाता दर्तामा अगाडि छ। यस अवधिमा काठमाडौँमा मात्र ६२ हजार ४०१ जनाले नामावलीमा आफ्नो नाम थपाएका छन्। भक्तपुरमा २० हजार १७७, ललितपुरमा २६ हजार ८११ जना नयाँ मतदाता दर्ता भएका छन्। उपत्यकाबाहिर चितवनले उल्लेख्य वृद्धि देखाउँदै २२ हजार २६३ नयाँ दर्तासँग दोस्रो ठूलो योगदान दिएको छ।

मकवानपुरमा १४ हजार ६०३ जना नयाँ मतदाता थपिँदा रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा पनि हजारौँ नयाँ मतदाता सूचीमािएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। रसुवामा भने वृद्धि तुलनात्मक रूपमा कम देखिँदै ९३४ नयाँ दर्तामा सीमित रह्यो।

सूचना अधिकारी आचार्यका अनुसार आगामी फागुनमा हुने निर्वाचनलाई ध्यानमा राख्दै आयोगले दर्ता प्रक्रियालाई ‘एग्रेसिभ मोड’ मा अघि बढाएको थियो। विशेषगरी राष्ट्रिय परिचयपत्रका विवरणमार्फत प्रत्यक्ष दर्ता गर्न मिल्ने व्यवस्था भएपछि युवा र वैदेशिक रोजगारबाट फर्कनेहरूको सहभागिता बढेको उनले बताए।

मतदाता दर्तामा आएको तीव्र वृद्धि आगामी निर्वाचनमा बागमती प्रदेशको राजनीतिक प्रतिस्पर्धा झनै तातेको संकेतका रूपमा हेरिएको छ। प्रदेशले अब ३६ लाखभन्दा बढी मतदातासहित फागुनमा फेरि एकपटक निर्णायक जनमत दिन तयारी थालेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img