Wednesday, December 4, 2024
मकवानपुरहेटौंडा उपमहानगरपालिकाप्रेम बहादुर भोलनको प्रतिज्ञा: विकास, समृद्धि र जनसेवा

प्रेम बहादुर भोलनको प्रतिज्ञा: विकास, समृद्धि र जनसेवा

हेटौँडा | हेटौंडा उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर भोलनले जनताको सेवा र वडाको समग्र विकासका लागि आफ्नो योजनाहरु सार्वजनिक गरेका छन्। भ्रष्टाचारमुक्त, पारदर्शी, र जनमुखी सरकार निर्माणमा दृढ रहेका भोलनले आर्थिक, सामाजिक, र सांस्कृतिक विकासलाई प्राथमिकतामा राख्दै स्पष्ट योजना अघि सारेका छन्।

उनले आफ्नो तलब वडाको स्वास्थ्य र शिक्षामा खर्च गर्ने प्रतिज्ञा गरेका छन्। वडाबासीको सांस्कृतिक पहिचानलाई जोगाउन तामाङ जाति लगायत सम्पूर्ण समुदायको लागि संग्रहालय र अध्ययन प्रतिष्ठान स्थापना गर्ने योजना पनि उनका प्रतिबद्धतामा समावेश छ। साथै, उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जनामा उनले विशेष ध्यान दिने बताएका छन्।

उनका प्राथमिकताहरुमा सडक, यातायात, शिक्षा, स्वास्थ्य, र सिंचाईको पूर्वाधार विकास छन्। “हामी वडालाई आत्मनिर्भर बनाउनेछौँ,” भोलनले भने, “कृषि, पर्यटन, घरेलु उद्योग, र स्वरोजगारमा लगानी गर्दै समुदायलाई सबल बनाउँछौँ।” उनले अपाङ्ग, असहाय, र टुहुरा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य बीमा र उच्च शिक्षाको व्यवस्था गर्ने वचन दिएका छन्।

आदिवासी, जनजाति, दलित, र अल्पसंख्यक समुदायको उत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याउने उनको प्रतिज्ञा छ। युवाहरुका लागि सीप विकास, खेलकुद, कला, र संगीत प्रवर्द्धन गर्ने उद्देश्यले उनले अक्षयकोष स्थापना र सीप महोत्सव आयोजना गर्ने योजना पनि प्रस्तुत गरेका छन्।

“विकासका लागि योजना बनाउने मात्र होइन, कार्यान्वयन सुनिश्चित गर्नु मेरो उद्देश्य हो,” उनले भने। उनका योजनाहरुले वडा नं. १२ को विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने ठोस आधार प्रस्तुत गरेको छ।

वडाबासीले उम्मेदवार भोलनका प्रतिबद्धताहरुलाई सकारात्मक रुपमा लिएका छन्। यी योजनाहरु सफल कार्यान्वयन भएमा वडा नं. १२ समृद्धिको मार्गमा अघि बढ्ने विश्वास गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img