हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। तिवारीले २,०६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रबिनकुमार प्रधानलाई ५०३ मतले पराजित गरे।
निर्वाचन कार्यालयका अनुसार कुल ५,४८४ मत खसेको थियो, जसमा ७८ मत बदर भएको छ। माओवादी केन्द्रका रबिनकुमार प्रधानले १,५६० मत प्राप्त गरेका थिए भने नेकपा एमालेका राजेश नगरकोटीले १,३९८ मत ल्याए। अन्य दलका उम्मेदवार र स्वतन्त्र प्रतिस्पर्धीहरूले भने अपेक्षाकृत मत प्राप्त गर्न सकेनन्।
अन्य उम्मेदवारहरूको मत परिणाम तुलनात्मक रूपमा न्यून रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका आशाविर बलले ८३ मत प्राप्त गरे भने राप्रपाका प्रेमबहादुर भोलनले १७८ मत ल्याए। जसपाका छविलाल वाइवाले १० मत हासिल गरे भने नेकपा एकीकृत समाजवादीका बलराम बलले ७३ मत पाए। नेमकिपाका फुल माया तितुङ्गले १ मतमा सीमित रहँदा मंगोल नेशनल अर्गनाइजेसनकी दीपा लामाले ३२ मत प्राप्त गरिन्।
स्वतन्त्र उम्मेदवारहरू मध्ये चापाकलले २ मत र मिलाएको हातले ४ मत पाए, तर लसुन चुनाव चिन्हले कुनै पनि मत प्राप्त गर्न सकेन।