हेटौँडा | हेटौँडा क्षेत्रको वायु प्रदूषण अहिले संवेदनशील समूहका लागि अस्वस्थकर रहेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्थान आईक्यु एयरका अनुसार हेटौँडाको वायु गुणस्तर सूचकांक १ सय ४८ पुगेको छ।
संस्थानका अनुसार उक्त सूचकांक स्वास्थ्यका लागि जोखिमपूर्ण देखिएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र हेटौँडा आसपासमा लागेको वन डढेलोको प्रभाव कारण उत्पन्न भएको धूलो वायु प्रदूषणको मुख्य कारण बनेको संस्थानले जनाएको छ ।
अहिले सूक्ष्म धूलो कणको मात्रा ५४.६ माइक्रोग्राम प्रति घनमीटर पुगेको आईक्यु एयरले जनाएको छ । यी सूक्ष्म कणहरू (PM2.5) अत्यन्तै साना हुन्छन् र फोक्सोमा गहिरो रूपमा प्रवेश गर्न सक्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पिएम २.५ (PM2.5) को उच्च स्तरले दम, फोक्सो क्यान्सर, हृदयाघात, स्ट्रोक तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।