देशकोशी प्रदेश'परिवर्तन एक अभियान'ले माया घर इटहरीका १४२ जनालाई खुवायो खाना

‘परिवर्तन एक अभियान’ले माया घर इटहरीका १४२ जनालाई खुवायो खाना

इटहरी: ‘परिवर्तन एक अभियान’ले माया घर नेपाल इटहरीका १४२ जना असहाय नागरिकलाई खाना खुवाएका छन् ।

इटहरी २ मा रहेको माया घरमा रहेका परिवार विहीन तथा परिवारबाट पृथक् रहेका १४२ जना वृद्ध, बालबालिका तथा युवा,युवती लाई आज बिहानको १ छाक खाना वितरण गरिएकोअभियानका प्रचार विभाग प्रमुख सुबास घिमिरेले जानकारी दिए ।

इटहरी उप-महानगरपालिका वडा नं ७ मा रहेका युवा तथा बौद्धिक वर्गद्वारा समाजमा सकारात्मक परिवर्तनका लागि स्थापित संस्थाले सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक कार्य, सचेतनामूलक कार्यक्रम, विपन्नवर्गका नागरिकहरूलाई सहयोग पुर्याउने कार्यक्रम गर्दै आएको अभियानका अध्यक्ष तेज प्रसाद घिमिरेले बताए ।

समाजप्रतिको आफ्नो दायित्व पुरा गरेकोमा खुसी व्यक्त गर्दै जनप्रतिनिधि दीपक घिमिरेले अभियान संस्थासँग वडा कार्यालयबाट पनि विभिन्न कार्यक्रम सहकार्य गर्न सकिने बताए ।

उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ७ का जनप्रतिनिधि दीपक घिमिरे, नेत्र गुरागाईं साथै, आयोजक संस्थाका सह-सचिव इन्दिरा गिरि, सल्लाहकार संयोजक बसन्त पोख्रेल, प्रचार विभाग प्रमुख सुबास घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img