देशकोशी प्रदेशधरानमा सुम्निमा पारुहाङको मूर्ति अनावरण

धरानमा सुम्निमा पारुहाङको मूर्ति अनावरण

spot_img

धरान – धरान उपमहानगरपालिका-१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ।

सुनसरी जिल्लामा पहिलोपटक १२ फिट अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो। रु २५ लाखको लागतमा धरान-१८ का कृष्णदेव राई र दया राईले मूर्ति निर्माण गरेका हुन्।

मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे। किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको मूर्ति सुनसरीमा पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए।

धरानको चिन्डेडाँडा क्षेत्रमा पनि सुम्निमा पारुहाङको मूर्ति निर्माण हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img