Thursday, May 22, 2025
देशकोशी प्रदेशधनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते
spot_img

धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

spot_img

धनकुटा – धनकुटाको पाख्रीबास नगरपालिका १० चुङबाङस्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार पाख्रीबास नगरपालिका १० धनकुटाका रेमन राईकी ९ वर्षीया छोरी सँस्कृति राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा परी धनकुटा नगरपालिका ४ का ३६ वर्षीया देविका खत्री र १४ वर्षीय अभिनाष खत्री, पाख्रीबास १० की २२ वर्षीया रबिका राई, ६० वर्षीया लक्ष्मी राई, ४० वर्षीया सानु आले, धनकुटा ४ की ३७ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री र सुनिता खत्री घाइते भएका छन् ।

उनीहरूमध्ये केहीको धनकुटा अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न पिकअप चालक पाख्रीबास १० का ५५ वर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img