Friday, December 6, 2024
देशकोशी प्रदेशबाबुको प्रहारबाट छोरीको दाँत भाँचियो

बाबुको प्रहारबाट छोरीको दाँत भाँचियो

मोरङ | मोरङको सुन्दरहरैँचामा बाबुले तरकारी पकाउने कराहीले प्रहार गर्दा छोरीको दाँत भाँचिएको छ।

सुन्दरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले हानेर छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिदिएका प्रहरीले जनाएको छ । खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ।

गालासमेत सुन्निएको छ। घाइते अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गर्दा अवस्था मध्यम रहेको छ । छोरीलाई कराहीले हान्ने बाबु तेजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img