इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालविवाह गर्ने दुलहासहित पण्डित मण्डपबाटै पक्राउ

दाङ: तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई दाङ प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसिले जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

सम्बन्धित समाचार

बाँकेको चिसापानी मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा ८ राउन्ड हवाई फायर

बाँके। बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ। ​जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहर…

बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० मझरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १३ वर्षीया कमलासिंह ठकुरी रहेकी छिन्। ​प्रहरीका अनुसार सोमबार साँझ करिब ५…

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। ​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपाल…

इन्फो डेस्क