Sunday, March 16, 2025
समाजज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका थिए ।

एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img