Friday, January 17, 2025
समाजइटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या

इटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या

इटहरी / इटहरीमा एक महिलाको बीभत्स हत्या भएको छ ।

इटहरी २ राईचोकस्थित मधुमाया पुरीको आज दिउँसो ३ बजे स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

“हामी घटनास्थलमै छौँ । घटनाको कारणबारे खुल्न बाँकी छ,” डीएसपी टेकबहादुर कार्कीले भने, “आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।” प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img