काठमाडौं: देशमा भविष्य नदेखेर, सुन्दर सपनाको खोजीमा, बिदेसिने सपना रोजेका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको अकालमै ज्यान गयो अझ भनौँ उनीहरूको सरकारले हत्या गर्यो, बाआमाको आशाको त्यान्द्रो च्यातियो, घरको जग भाँचियो।
घटना बालकुमारीको: हिजो ललितपुरको बालकुमारीमा ईपीएसमार्फत कोरियामा रोजगारीका लागि भाषा परीक्षामा सहभागी गरईदुनु पर्यो, विदेश जान्छौँ भदै युवाहरूले आफ्नो माग राख्न गरेको प्रदर्शनमा, उनीहरूको सम्बोधन गर्नुको साटो सरकारले दुई जनाको हत्या, कयौँलाई घाइते बनाइदियो ।…. … … नेपालमा रोजगार सिर्जना त कहाँ हो कहाँ, विदेश जान्छु भन्दा पनि गोली खानुपर्ने कहिले सम्म?