Wednesday, February 12, 2025
समाजसाधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो ।

सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी थिए । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेशको वक्ताका रूपमा सहभागी रहेको थियो । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखे । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गरे।

WhatsApp Image 2024 05 27 at 10.14.57 d96acb8e
कार्याक्रमको उद्घाटन गर्दै प्रा.डा. के के अग्रवाल ,प्रा.डा.भोला थापा,इकु माया पुन ।

उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । अन्त्यमा समापन सत्र, प्रमाणपत्र वितरण र फोटोसेसनसहित सम्पन्न भएको सङ्गोष्ठी बिहान ९ बजे सुरु भई साँझ साढे ६ बजे सम्पन्न भयो । डि-वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस गरी ६ विधामा कार्यपत्र प्रस्तुत गरिए । यसअघि प्लेनरी सेसनमा टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श गरियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरियो । केयूका उपकुलपति प्रा.डा. भोला थापाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्कूल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राखेका थिए । समापन सत्रको अध्यक्षता गर्दै केयूका रेक्टर प्रा.डा. अच्युतप्रसाद वाग्लेले मन्तव्य राखे । डा. चन्द्रभानु पट्टनायक, प्रा. त्रिशु शर्मा, डा. भानुभक्त आचार्य, डा. श्रद्धा पुरोहित, प्रा. प्रबलराज पोखरेल र डा. आदित्य शुक्लाले समानान्तर सत्रको अध्यक्षता गरेका थिए । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरुको सहजीकरण गरे ।

WhatsApp Image 2024 05 27 at 10.16.27 cefdac31
उद्घाटन सत्र आफ्नो भनाई राख्दै प्रा.डा. के के अग्रवाल ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरी पठनपाठन भराइरहेका छन् । यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन् ।

WhatsApp Image 2024 05 27 at 10.17.03 3712b6de
उद्घाटन सत्र आफ्नो भनाई राख्दै प्रा.रामकृष्ण रेग्मी ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति र त्यस मातहत १० वटा उपसमितिहरू गठन गरिएका थिए । कार्यक्रममा स्वदेश-विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायतका प्रस्तोताले साधारणीकरण-सञ्चार ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय सङ्गोष्ठी भौतिक उपस्थिति र भर्चुअल प्रविधि मिश्रित ‘हाइब्रिड मोड’ मा सम्पन्न भएको हो ।

WhatsApp Image 2024 05 27 at 10.18.02 78bbe4dd
चीनबाट उद्घाटन सत्र आफ्नो भनाई राख्दै प्रा.डा.होन हान ।
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस