काठमाडौं । गत जेठ २८ गतेदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ। विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार मृतकहरूको प्रदेशगत विवरण यस प्रकार छ:
- काठमाडौं उपत्यका: २ जना
- कोशी प्रदेश: २२ जना
- मधेश प्रदेश: ५ जना
- बागमती प्रदेश: १९ जना
- गण्डकी प्रदेश: ३८ जना
- लुम्बिनी प्रदेश: २३ जना
- कर्णाली प्रदेश: ७ जना
- सुदूरपश्चिम प्रदेश: ८ जना
यसैगरी, विपद्का कारण १ सय ४० जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घाइतेहरूको प्रदेशगत विवरण निम्नानुसार रहेको छ:
- काठमाडौं उपत्यका: ८ जना
- कोशी प्रदेश: ३४ जना
- मधेश प्रदेश: ९ जना
- बागमती प्रदेश: ७ जना
- गण्डकी प्रदेश: २९ जना
- लुम्बिनी प्रदेश: ९ जना
- कर्णाली प्रदेश: ३३ जना
- सुदूरपश्चिम प्रदेश: ११ जना
उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीहरूले कोशी प्रदेशबाट ४१ जना र गण्डकी प्रदेशबाट १२ जना गरी कुल ५३ जनाको उद्धार गरेका छन्। यस बीच, ८ जना अझै बेपत्ता रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ।
बाढी पहिरोका कारण १ सय ८२ घर डुबानमा परेका छन् भने २ सय १८ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ५ सय ८४ वटा पशुचौपायाको मृत्यु भएको छ। यस विपद्का कारण ३ हजार ७ सय २ घरपरिवार विस्थापित भएका छन्।
सरकारी निकायहरू र स्थानीय समुदायको सहकार्यमा जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, पहिरोमा पुरिएका सामग्रीहरू निकाल्ने र सडक अवरोध हटाउने कार्य भइरहेको छ।