झापा | झापाको दमकमा हात्तीले आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दमकका ४५ वर्षीय मदन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णप्रसादले जानकारी दिए ।
दमक-३ दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले लखेट्दै लछारपछार पार्दै पछार्दा उनको मृत्यु भएको हो । स्थानीय सुविन भट्टराईको भान्साघर भत्काउन लाग्दा छिमेकी भण्डारीले हात्ती धपाउन खोज्दा उनलाई सय मिटर परसम्म हात्तीले लखेटेर उचालेर पछारेको थियो ।



