Saturday, May 17, 2025
समाजइटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु, स्थानीयको आक्रोशमा बस जलाइयो
spot_img

इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु, स्थानीयको आक्रोशमा बस जलाइयो

spot_img

इटहरी | इटहरीको खनार नजिक शान्ति चौकमा आइतबार साँझ भएको बस दुर्घटनामा १६ वर्षीया सम्झना यादवको मृत्यु भएको छ। जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ९ मा अध्ययनरत यादव साइकलमा यात्रा गरिरहेकी थिइन्।

मोरङबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले यादवलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिएर भाग्न खोजेका बसका चालकलाई स्थानीयले सिँचाइ आयोजनाको पुलनजिक नियन्त्रणमा लिएका थिए।

दुर्घटनापछि आक्रोशित भीडले बसमा आगो लगाउँदा बस पूर्णरूपले जलेर नष्ट भएको छ। बसमा सवार यात्रुहरू भने आगलागी हुनु अघि सुरक्षित रूपमा निस्कन सफल भएका छन्।

दुर्घटनापछि खनार क्षेत्र तनावपूर्ण बनेको छ। स्थानीयले सडक अवरुद्ध गर्दै प्रशासनप्रति असन्तुष्टि जनाएका छन्। पीडित परिवारलाई न्याय दिलाउन प्रदर्शन र नाराबाजी गरिएको छ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीय प्रशासनले संवादमार्फत तनाव मत्थर गर्ने प्रयास गरिरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। बसका चालक र सहचालकको खोजी भइरहेको जनाइएको छ। यसबाहेक, पीडित परिवारलाई न्याय दिलाउन आवश्यक सहयोगको पहल भइरहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img