समाजनेपालगन्जको विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

नेपालगन्जको विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

काठमाडौं : हिजो सांझ काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगन्ज विमानस्थलमा अवरतण गर्ने क्रममा स्यालसँग ठोक्किएको छ । हिजो बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसँग बुद्ध एयरको जहाज ठोक्किएरको नागरिक उड्डयन कार्यलय नेपालगन्जले जनाएको छ ।

बुद्ध एयरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसँग ठोक्किएको र सो विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको नागरिक उड्डयन कार्यलय नेपालगन्जले जनाएको छ ।विमान अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीरका भाग र अङ्ग टुक्रा भएको अवस्थामा फेला परेको छ । सो घटना भएपछि एक घण्टासम्म कुनै पनि उडान विमानस्थल बाट उडान नभएको हो ।

स्याल ठोक्किदा जहाजको नोजल गेयरमा समस्या आएको कारण दुई साता अघि मात्र नेपालगन्जबाट मसगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन बँदेल पनि ठोक्किएका थिय ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img