बागमती प्रदेशमकवानपुरदुई छोरी र एक छोरालाई छोडेर बेपत्ता भएकी श्रीमतीको खोजीमा श्रीमान

दुई छोरी र एक छोरालाई छोडेर बेपत्ता भएकी श्रीमतीको खोजीमा श्रीमान

हेटौँडा | वैदेशिक रोजगारीका लागि कुवेत गएकी मकवानपुरकी एक महिला नेपाल फर्किएपछि सम्पर्कविहीन भएकी छन्। श्रीमती हराएपछि उनका श्रीमानले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिँदै खोजतलास गरिदिन आग्रह गरेका छन्।

भीमफेदी गाउँपालिका–२ का ३६ वर्षीय रामकृष्ण बैरेलीका अनुसार उनकी ३१ वर्षीया श्रीमती श्रिजना बैरेली १६ महिनाअघि रोजगारीका लागि कुवेत गएकी थिइन्। तर, गत जेठ १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएपछि उनी घर नफर्किएकी र सम्पर्कमा समेत नरहेको उनले बताए।

रामकृष्णका भनाइअनुसार श्रिजनालाई पछिल्लो पटक राक्सिराङ गाउँपालिकाका बलराम घिमिरेसँग ‘सन्तोष घिमिरे’ नामको टिकटक अकाउन्टमा देखिएको थियो। “टिकटकमा उनी बलरामसँगै रहेको भिडियो आएको थियो तर पछि ती भिडियोहरू हटाइए। त्यसपछि थप जानकारी पाउन गाह्रो भएको छ,” उनले भने।

तीन सन्तानका बाबु रामकृष्ण हाल काठमाडौंमा मजदुरी गर्दै जीवन चलाइरहेका छन्। उनका दुई छोरी १५ र १३ वर्षकी छन् भने छोरा ८ वर्षको छ। “श्रीमती सम्पर्कविहीन भएपछि घरमा बच्चाहरू र आफैं मानसिक तनावमा परेका छौँ। सकेसम्म चाँडो खोजी गरिदिन सबैलाई आग्रह गर्दछु,” उनले अपिल गरे।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले निवेदन दर्ता गरी खोजतलासको प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img