Sunday, July 13, 2025
देशमधेस प्रदेशपर्साबाट २८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

पर्साबाट २८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

spot_img

पर्सा | पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जनालाई हुण्डी कारोबारको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार र वीरगन्ज महानगरपालिका–३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव रहेका छन्।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार उनीहरूलाई मंगलबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउका क्रममा वर्णवालको साथबाट ९ लाख ४७ हजार रुपैयाँ, श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार रुपैयाँ र सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बोकेको रकमको वैधानिक स्रोत खुलाउन नसकेको र ती रकम हुण्डी कारोबारमा प्रयोग हुने आशंका गरिएको छ। हुण्डी कारोबारले देशको वित्तीय प्रणालीमाथि नकारात्मक असर पार्ने र राष्ट्र बैंकका नियमविपरीत हुने भएकाले कानुनअनुसार मुद्दा चलाइने डीएसपी लम्सालले बताए।

पक्राउ परेकाहरूलाई हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img