मौसमआगमती तीन दिन अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

आगमती तीन दिन अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

हेटौँडा |  मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरि सामान्यदेखि धेरै स्थानमा वर्षा हुने  चेतावनी दिएको छ।
१८ गते आइतबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाल तथा पहाडमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि तीव्र वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशमा तराईमै भारी वर्षा अपेक्षित छ। कर्णाली र सुदूरपश्चिमका हिमाल र पहाडमा मध्यम वर्षा हुने देखिन्छ।

१९ गते सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनीमा दिउँसो र राति दुवै समयमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशको तराईमा पनि मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। कर्णाली र सुदूरपश्चिममा हिमाल र पहाडमा मध्यम वर्षा र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्छ।

२० गते मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशको तराईमा दिउँसो केही स्थानमा र राति धेरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ। कर्णालीमा हिमाल र पहाडमा मध्यम वर्षा अपेक्षित छ।

मौसमविद्हरूले विशेषगरी तराई र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनाले बाढी, पहिरो र जलजमावको जोखिम बढ्ने चेतावनी दिएका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img