विचार/ब्लगसाईग्रेसको कथामा हराएकी म..

साईग्रेसको कथामा हराएकी म..

  • सिर्जना खड्का

प्रगति दुनियाको देखियो कहिले डाह नै भएन कोशिस धेरै गर्दागर्दै पनि जिन्दगी आहा नै भएन
दुनिया लाई खुसी पार्ने दाउमा थिए म आफ्नै खुशी कहाँ छुट्यो थाहा नै भएन आफ्नो खुशी कहाँ छुट्यो थाहा नै भएन

सबैले सुन्नुभएकै होला करिब दुईवर्ष अघि मैले टिकटक स्क्रोल गर्दै गर्दा सुनेको थिय यो लाईन त्यही बेला मलाई यो आवाज अनि लाइन दुवै धेरै मन परेको थियो । मैले त्यहि बेला युट्युबमा गई खोजेर हेरे त्यहा “Saigresh Official” नामको एक च्यानल रहेछ ।  त्यहाँ मेरो अधुरो प्रेम शीर्षकमा एक नोबल प्रकाशित गरिएको रहेछ ।  त्यो के रहेछ भन्ने उत्सुकता बढ्यो र ढिलो नगरी मैले त्यो नोबल सुन्न लाग्दा पहिले नै साईग्रेसदाईले यो मेरो आफ्नै लभस्टोरी हो भन्नुभयो ।  प्रायः सबैलाई नै यस्तो कुरा सुन्न वा पढ्न मन लाग्छ त्यसैगरी मलाई पनि यो सुन्न धेरै रमाइलो लाग्यो । त्यसबेला उहाँले आफ्नो लभस्टोरी भन्दै जानुभयो र म सुनिरहेँ उहाँको आवाज साँच्चै नै धेरै मनोमोहक थियो । त्यहाँ उहाँले ब्याचलर पढ्दै गर्दा अनन्या नामकी एक युवती सँगको प्रेम सम्बन्ध देखी बिछोडसम्म सबै कुरा समावेश गरी तयार पार्नुभएको रहेछ । त्यहाँ धेरैले सिक्ने पढ्ने धेरै कुराहरु छन् ।

कोही जाँदैमा जीवन समाप्त हुँदैन भन्ने जानकारी पनि दिन खोजिएको छ । त्यसको केही समयपछि उहाँको च्यानलमा अर्को अडियो नोप्बल नौलो सुरुवात सार्बजनिक गर्नू भयो जुन शृता नामकी पात्र संगको प्रेम सम्बन्धमा आधारित छ । हुनतः साईग्रेसदाईको सबै अडियो नोबलहरु धेरै श्रोताले मन पराएका छन् । जसमा मलाई अत्यन्तै मनपरेको उहाँको अडियो नोबलहरु: मेरो अधुरो प्रेम, नौलो सुरुवात, सिन्दुर बिनाको दुलाही, नयाँ बेहुली, आकांक्षा, आकृति, मायाँ र मजाक, प्रिय सूफी, समर लभ, सायाँ, स्पर्श, मनसुन, सभ्या, नशा अनि नसालु आदि हुन् । जसबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं । साईग्रेसदाइको कथा भन्ने शैली आवाज साचै धेरै नै राम्रो छ । जसले सबैलाई आकर्षित गर्दछ । साईग्रेसदाईले कुनै व्यक्तिले आफ्नो कथा भन्न चाहान्छन तर आफ्नो परिचय खुलाउन चाहदैनन् भने त्यस्ता व्यक्तिको गोपनीयताको ख्याल राख्नु हुन्छ ।

त्यसैले पनि धेरैले आफ्नो जिबनमा भएका घटनाहरु दाईलाई पठाउने गर्दछन् । उहाँले कथा भन्ने मात्र नभएर सल्लाह तथा सुझाव पनि दिनुहुन्छ। साईग्रेसदाईको विवाह उहाँको अडियो नोबल नौलो सुरुवातको प्रेम श्रीता सँग नेपालमा भूकम्प गएको वर्ष भएको थियो । यस कथामा उहाँको प्रेमिकाको नाम परिवर्तन गरिएको थियो । सरिता अधिकारी उहाँको वास्तविक नाम हो । उहाँहरु विवाहपछि डेनमार्क सानो भयो र अहिले स्पेनमा बस्नुहुन्छ ।

म साईग्रेसदाईको लेखमा सकरात्मकता पाउछु । त्यसैले नै म उहाको कथामा हराउन थालेछु । सधैं यसैगरी हजुरको नोबल सुन्न पाउँ, सफलताको धेरै धेरै शुभकामना साईग्रेसदाई !

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img