Sunday, January 19, 2025
राजनीतिराष्ट्रपतिलाई थप १० लाख रुपैयाँ उपचार खर्च प्रदान

राष्ट्रपतिलाई थप १० लाख रुपैयाँ उपचार खर्च प्रदान

काठमाडौँ: नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम आर्थिक सहायता उपलब्ध गराएको हो ।

त्यस्तै, मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा गरेको छ । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img