Monday, January 13, 2025
फिचर‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीको चौर्तर्फी बिरोध

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीको चौर्तर्फी बिरोध

काठमाडौँ: संस्कृति, पर्यटना तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।

यसै बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनुपर्ने तथा तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू गम्भीर ध्यानाकर्षण होस् ।’

बुझ्नु भएन?

क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका हुन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे । उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’ किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए ।

उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img