कोशी प्रदेशइटहरीएमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप

एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप

इटहरी | इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले जनप्रनिधिहरूको कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन् । आज सोमबार राखेको कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन् ।

पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधिहरूले बस्न नमान्दा उपभोक्ताहरूको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरूले भुक्तानी पाउँछन्, तर कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको मेयर पौडेलले बताए ।

गत असार १० गतेभित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधिरूले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको उनले बताए । नगरपालिकासँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैल्याएको भन्दै नगरपालिका सँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ ।

सोमबार दिउँसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरेपनि कांग्रेसका ५ जना वडाध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताएका हुन ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा इटहरी ६ का वडाध्यक्ष दिवश पोखरेलले बारम्बार एमालेबाट निर्वाचित प्रतिनिधिका कारण उपभोक्त्ताले भुक्तानी नपाएको आरोप लगाए । उपभोक्ताहरूले वडा घेर्ने अवस्था भएको भन्दै भुक्तानी दिनुपर्ने उनको भनाइ छ ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उपभोक्ताहरूले भुक्तानी नपाउँदा समस्या भइरहेको भन्दै सबै एकजुट भएर सहमतिमा काम गर्नुपर्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img