Wednesday, March 26, 2025
राजनीतिउम्मेदवारी घोषणा गर्दै भीम रावलले भने, 'मेरो प्यानल छैन, एक्लै लड्ने हो'

उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने, ‘मेरो प्यानल छैन, एक्लै लड्ने हो’

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । ‘प्रत्येक व्यक्तिले व्यक्तिगतरुपमा चुनाव लड्ने तय भएको छ,’ उनले भने, ‘मेरो कसैसँग कुनै पदमा कुनै सहमति भएको छैन । कुरा पनि भएको छैन ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img