इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए । उनले क्रियाशील सदस्यताका कारण वडा अधिवेशन हुन नसकेको जिल्लाको वडा अधिवेशनबारे निर्णय भने नभएको उनले बताए । उनले क्रियाशील सदस्यता टुङ्गिएपछि आवश्यकता अनुसार निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्ने जनाए । महाधिवेशन तोकिएको मितिमा नहुने सम्भावना बढिरहेका बेला महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने महामन्त्री डा. महतले बताए । उनले भने, ‘दशैँ अगाडि १८ वटा हिमाली जिल्लाकोमात्र अधिवेशन सम्पन्न गर्ने कुरा भएको छ । बाँकी जिल्लाको अधिवेशन दशैँ–तिहारपछि जाने देखिएको छ । यसले कहाँ कति प्रभाव पर्छ, कति समय आवश्यक हुन्छ । सोही अनुसार मिति परिवर्तन हुन्छ ।’ असोज ५ सम्म देशका सम्पूर्ण वडाको वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन भएको छैन । जसका कारण असोज ९ गते शनिबार ७५३ वटै स्थानीय तहको अधिवेशन पनि नहुने भएको छ । ती १३ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने टुङ्गो नभएकाले बाँकी स्थानीय तह अधिवेशनको पनि मिति निश्चित छैन । जसका कारण प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना बढेको छ ।

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडाैँ। प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सब…

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर गरे अर्थ र परराष्ट्रमन्त्रीसँगको तस्बिर

मकवानपुर । भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वज…

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…