इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ स्तरीय खो–खो प्रतियोगिता सम्पन्न

सुनसरी / प्रदेश नम्बर - १ स्तरीय खो- खो प्रतियोगिता झापाको बिर्तामाडमा भएको खेलमा पुरूष झापा प्रथम र महिला मोरङको उपाधि रहेको छ । आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुषतर्फ झापा जिल्ला प्रथम बनेको छ भने दोस्रोमा मोरङ आएको छ, तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् । त्यस्तै, महिलातर्फको खो–खो प्रतियोगितामा मोरङले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् । खेलमा प्रदेश १ का पाँच वटा जिल्लाका खेलाडीहरू सहभागि थिए भने खेल आइतबार सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४…

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक…

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क