Saturday, July 19, 2025
खेल समाचारकोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

कोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

spot_img

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिवलको उपाधी दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ ।

सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ शनिवार सञ्चालन भएको प्रतिस्पर्धात्मक फाइनल खेलकोअन्तिम सेटमा दमक र षडानन्द दुवैको १७-१७ अंक बनाएको थियो । वरावरी भएको अवस्थामा रेफ्रीले दमकका खेलाडीको नेट टच भएको निर्णय गर्दै षडानन्दलाई अंक दिएपछि १८-१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए ।

- Advertisement -

विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरुपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै पालिका बिजयी भएपछि बिजेताले एक लाख ५० हजार र उपबिजेताले एक लाख पाउने भए पनि दुवै टिमलाई बिजेता बनाईएपछि एक लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र बितरण गरिएको छ । यस्तै प्रतियोगिता अन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीहरुले पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्र समेत पाएका छन ।

बिजेताहरुलाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईलगायतले पुस्कार वितरण गर्नु भएको थियो । गत २४ गतेबाट सुरु प्रतियोगितामा प्रदेश भित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी आठ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img