Saturday, July 19, 2025
मकवानपुरबागमती गाउँपालिकाछैठौं बागमती गोल्डकपको तयारी अन्तिम चरणमा

छैठौं बागमती गोल्डकपको तयारी अन्तिम चरणमा

spot_img

हेटौंडा- छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

आइतबार पत्रकार सम्मेलन गरी बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। आगामी फागुन १ गते उद्घाटन गरीने प्रतियोगितामा सात वटा ए डिभिजन र तिन वटा मोफसल गरी दश टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

प्रतियोगितामा जावलाखेल युथ क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँ, नव जन जागृती क्लव सिमरा, एन आर टि फुटबल क्लब काठमाण्डौँ समूह “क” मा रहेका छन् । त्यस्तै, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, आयोजक बागमती खेलकुद विकास समिति, एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब समूह “ख” मा छन्।

दश दिनसम्म चल्ने प्रतियोगिता बागमती गाउँपालिकाको फापरबारीस्थित जनता मावि खेल मैदानमा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र सर्लाहीको वागमती युथ क्लबबीच बीच उद्घाटन खेल प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

IMG 7691

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img