इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल र स्कटल्याण्ड बीचमा प्रतिस्पर्धा हुँदै

काठमाडौं। नेपाल र स्कटल्याण्डबीचमा प्रतिस्पर्धा हुँदैछ। आइसिसी विश्वकप लिग टुका लागि हुने तेस्रो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ वजे, डुन्डी स्कटल्याण्डको मैदानमा सुरू हुनेछ।

गत बुधवार स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफुलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो।

आज पुनः नेपाल स्कटल्याण्डसँग भिड्न लागेको हो। नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।

सम्बन्धित समाचार

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४…

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक…

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क