इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाराको नव जागृती र सुर्खेतको कार्केविहार राष्ट्रिय लिगमा छनोट

हेटौँडा | हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग अन्तर्गत बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन्। दुवै टोली समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेका हुन्।

समूह चरणको अन्तिम दिन नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ गोल अन्तरले हरायो। नव जागृतीका सुजन डंगोलले ५१, ५६ र ६० औं मिनेटमा ह्याट्रिक गर्दै प्लेयर अफ दि म्याच घोषित भए। अविनाश स्याङ्तन र कृपकन्त महतो थारुले पनि गोल गरे। हैरान्सका विजय दोङ र सामुयल सुनारले गोल गरे।

दोस्रो खेलमा कार्केविहारले उदयपुरको गाईघाट फुटबल क्लबलाई ५-३ ले हरायो। कार्केविहारका लागि अनिष घर्ती घर्ती क्षेत्रीले ह्याट्रिक गरे भने अनिष चापागाईं र गणेश पुलामीले पनि गोल गरे। गाईघाटका लागि दिवस र पविन राईले गोल गरे। खेलमा गाईघाटका गणेश पुलामी प्लेयर अफ दि म्याच घोषित भए।

यसअघि समूह `ए´ बाट कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी पनि राष्ट्रिय लिगमा छनोट भइसकेका थिए।

सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ। विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि लियोनल मेसी विवादमा

काठमाडाैँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि विवादमा तानिएका छन्। अमेरिकी मेजर लिग सकर (एमएलएस) कप प्लेअफअन्तर्गत कोलम्बस क्रुविरुद्धको…

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४…

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक…