इन्फो नेपाल — सञ्चारको सञ्जाल

कैलाशका १० वडाका स्वास्थ्य इन्चार्जलाई ‘पाम्स भी २’ तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका १० वटै वडाका स्वास्थ्य इन्चार्जलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली ‘पाम्स भी २’ सम्बन्धी तालिम दिइएको छ। दुई दिनसम्म चलेको तालिम शुक्रबार सकिएको हो।

​स्वास्थ्य संस्थाका औषधि र स्वास्थ्य सामग्रीको अभिलेखीकरण, मौज्दात र वितरणलाई व्यवस्थित बनाउन तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। प्रणाली लागू भएपछि सेवा प्रवाह थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

​तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले औषधि तथा स्वास्थ्य सामग्रीको खरिद, प्राप्ति, मौज्दात र वितरणको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताए। उनले सिकेको सीपलाई दैनिक काममा लागू गर्न र औषधिको अभाव हुन नदिन समयमै माग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे।

​अध्यक्ष मुक्तानले औषधिको म्याद, गुणस्तर र भण्डारणमा विशेष ध्यान दिन पनि स्वास्थ्यकर्मीलाई निर्देशन दिए। कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्तानकै अध्यक्षतामा सम्पन्न भएको हो।

​स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार पाम्स भी २ नेपाल सरकारको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली हो। स्वास्थ्य क्षेत्रमा औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन सहज बनाउन यो प्रणाली प्रयोग गरिन्छ।

​तालिममा जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत प्रिन्शु दाहालले सहजीकरण गरेकी थिइन्।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैय…

इन्फो नेपाल संवाददाता

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…

इन्फो नेपाल संवाददाता