इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा १ अर्ब ४१ करोडको क्षति

मकवानपुर। भोटेकोशीमा आएको बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा करिब १ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित १३ सदस्यीय मूल्याङ्कन समितिले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई बुझाएको अध्ययन प्रतिवेदनमा उक्त क्षति विवरण उल्लेख छ।

​प्रतिवेदनअनुसार बाढीले कुल ४०९ वटा सवारीसाधनमा क्षति पुर्‍याएको छ। जसमध्ये विवरण खुलेका ३८४ वटा गाडीको मात्रै १ अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ। बाँकी २५ वटा गाडीको क्षतिको विवरण भने खुल्न बाँकी रहेको समितिले जनाएको छ।

​बाढीका कारण सबैभन्दा बढी ३१२ वटा कन्टेनरमा क्षति पुगेको छ। यस्तै, ३९ वटा बस, ३३ वटा ट्रक, ९ वटा टिपर, ९ वटा मिनी तथा माइक्रोबस, ४ वटा पर्यटकीय गाडी, ३ वटा जिप तथा भ्यान, १ वटा ट्रेलर र १ वटा मोटरसाइकल बाढीले बगाएको तथा क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

​यसैगरी, बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा संलग्न ७४३ जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको प्रतिवेदनले देखाएको छ। समितिले पीडित परिवार तथा यातायात मजदुरहरूलाई उचित राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई सुझावसमेत दिएको छ।

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा बागमती च्याम्पियन, एनआरएन दोस्रो र आर्मी तेस्रो

मकवानपुर । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले १६ स्वर्ण, ९ रजत र १० कांस्यसहित कुल ३५…

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

होल्डिङ सेन्टरमा खाना रोकियो, चिउरा र दालमोठको भर

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। सरकारले उपलब्ध गराउँदै आएको खाना रोकिदिएपछि उनीहरूले दालमोठ र चिउरा खाएर प…