इन्फो नेपाल — सञ्चारको सञ्जाल

होल्डिङ सेन्टरमा खाना रोकियो, चिउरा र दालमोठको भर

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। सरकारले उपलब्ध गराउँदै आएको खाना रोकिदिएपछि उनीहरूले दालमोठ र चिउरा खाएर प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

​सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो। तर, वैकल्पिक व्यवस्थापन नभएसम्म उक्त स्थान नछोड्ने अडान राख्दै आश्रित सुकुम्बासीहरूले आन्दोलन सुरु गरेका हुन्।

​खाना बन्द गरेर जबर्जस्ती हटाउन खोजिएको भन्दै उनीहरूले उचित बसोबास र व्यवस्थापनको माग गरेका छन्।

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा बागमती च्याम्पियन, एनआरएन दोस्रो र आर्मी तेस्रो

मकवानपुर । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले १६ स्वर्ण, ९ रजत र १० कांस्यसहित कुल ३५…

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा १ अर्ब ४१ करोडको क्षति

मकवानपुर। भोटेकोशीमा आएको बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा करिब १ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको स…