इन्फो नेपाल — सञ्चारको सञ्जाल
Read in English →

आठ बिघा पाँच कठ्ठामा लगाइएको गाँजा फडानी

हेटौँडा । प्रहरीले मंसिर १ देखि ८ गतेसम्म मकवानपुर, धादिङ र सिन्धुलीमा आठ बिघा पाँच कठ्ठा जग्गामा लगाइएको गाँजा फडानी गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार फडानी गरिएको क्षेत्रफलको आधाभन्दा बढी मकवानपुरमा पर्छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कठ्ठा र सिन्धुलीमा १३ कठ्ठामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

अभियानमा तीन जिल्लाका ९५ जना प्रहरी खटिएका थिए । तीमध्ये मकवानपुरमा ५०, धादिङमा २० र सिन्धुलीमा २५ जना परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

धमलाले लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि अभियानलाई तीव्रता दिएको बताए । उनका अनुसार प्रहरीले गाँजा खेती हुने उच्च जोखिमका क्षेत्र पहिचान गरी त्यहाँ निगरानी र फडानीलाई निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित समाचार

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

हेटौँडा कपडा उद्योगका २० लुम चल्न थाले, पुराना मेसिन आधुनिक बनाउने सम्भावना खोजिँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका २० वटा लुमबाट परीक्षण उत्पादन सुरु भएको छ। उद्योगमा रहेका पुराना मेसिनलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन गर्न सकिने सम्भाव…

बसन्त भण्डारी

English

Sonam Lhosar: Festival of Tamang

Different types of cultural festivals are celebrated in Nepal. Lhosar is one of them, and it is the new year of the Sherpa, Tamang, Gurung, Dura, Lepcha and Bhote communities. Ther…

Info Nepal

आँखामा पट्टी बाँधेर ‘ठूला नाम’विरुद्ध बोल्न दबाब, प्रहरीकै सामग्री पढाएर अडिओ बनाएको इनमको आरोप

विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलबाट नियन्त्रणमा लिने, मोबाइल खोस्ने, आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थानमा पुर्‍याउने अनि देशका प्रभावशाली नेता, व्यवसायी र न्यायाधीशविरुद्ध बय…