इन्फो नेपाल — सञ्चारको सञ्जाल

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएको तर दाना, चोकर, औषधोपचार र ढुवानी खर्च निरन्तर बढेको भन्दै किसानले मूल्य वृद्धिको माग अघि सारेका हुन्।

​सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल गुणस्तरका आधारमा किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाइरहेको जनाएको छ। यो मूल्यले उत्पादन लागत र श्रमको उचित प्रतिफल नदिएको किसानको भनाइ छ।

​सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर गरी कुल एक लाख लिटर दूध उत्पादन तथा बिक्री हुने गरेको छ। “लागत बढ्दै जाने तर उचित मूल्य नपाउने अवस्था रहिरहे किसान पलायन हुन सक्छन्,” बरालले भने, “भौगोलिक अवस्था, पशु आहार र श्रमलाई आधार मानेर दूधको मूल्य तोकिनुपर्छ।”

​पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षयता दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढीले बढिसक्दा पनि दूधको भाउ स्थिर रहेको गुनासो गरे। यस्तै, माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका किसान कृष्णप्रसाद अधिकारीले उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपरे पनि त्यसको लाभ उत्पादक किसानले नपाएको बताए।

​किसानहरूले मूल्य वृद्धिसँगै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी हुनुपर्ने, पशु आहारमा सहुलियत तथा उत्पादन लागतका आधारमा अनुदान दिनुपर्ने माग गरेका छन्। साथै, पशु स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन तथा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनसमेत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

बेमौसमी हावाहुरीले म्याग्दी र गोरखाको जनजीवन प्रभावित, घर र विद्यालयका छाना उडायो

काठमाडाैँ । मङ्सिरमै चलेको बेमौसमी हावाहुरीका कारण उत्तरी म्याग्दी र गोरखाको जनजीवन प्रभावित भएको छ। सामान्यतया फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिर सुरु भएसँगै चल्न थ…

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क