१ – लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सडक अवरूद्ध।
२ – स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणी, स्थानीय तहलाई विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्न सुझाव ।
३ – नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि ठूलो मात्रामा कृषिजन्य सामग्री आयात हुनु दुःखद् भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आयात घटाउन कृषिजन्य उत्पादनलाई बढाउनुपर्नेमा जोड ।
४ – नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने ।
५ – सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने, बजार अनुगमन र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न स्थानीय तहलाई पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ ।
६- बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो, पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त ।
७ – बुधबार सेयर बजारमा हरियाली, ४१.३९ अंकले बढ्यो नेप्से, व्यापार समूहका लगानीकर्ताले सर्वाधिक कमाए ।



