स्वास्थ्यकुन रोग भएको बिरामीले कुन जुस पिउने ?

कुन रोग भएको बिरामीले कुन जुस पिउने ?

भोक नलाग्दा -भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।

रगत सफा गर्न -शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।
दमको समस्या-दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

उच्च रक्तचाप-उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।
निम्न रक्तचाप -लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।

जन्डिस -जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।
अनुहारको दाग -अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।

क्यान्सर-क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img