रोजगारीइजरायल रोजगारीका लागि छानिए १,१७५ जना

इजरायल रोजगारीका लागि छानिए १,१७५ जना

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपालबाट पठाइने सहायक कामदार छनौटको नतिजा सार्वजनिक भएको छ ।

विभागले असोज १० गते बुझाएको सूचीबाट १,१७५ श्रमिक छनोट भएका हुन् । ८२१ महिला र ३५४ पुरुष गरी १,१७५ नेपाली इजरायल जान पाउने भएका हुन् । विभागले छनौटका सबै परीक्षा सकेर एक हजार ६ सय जनाको सूची इजरायली दूतावासमार्फत जनसंख्या तथा आप्रवासन प्राधिकरणलाई बुझाएको थियो । सोही सूचीबाट सोमबार चिठा प्रणालीबाट एक हजार जना छनोट गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img