बागमती प्रदेशमकवानपुरमकवानपुर सीडीओको प्रेसमाथि अंकुश प्रयास, महासंघले भन्यो– लोकतान्त्रिक मूल्यको उल्लंघन

मकवानपुर सीडीओको प्रेसमाथि अंकुश प्रयास, महासंघले भन्यो– लोकतान्त्रिक मूल्यको उल्लंघन

हेटौँडा | जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई फोटो खिच्न र भिडियो छायांकनमा रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघ, मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले बुझाउने ज्ञापनपत्रको समाचार कभर गर्न पुगेका महासंघका उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल र मनिल महतोसहितका सञ्चारकर्मीलाई कार्यकक्षमै प्रवेश नदिई छायांकनमा रोक लगाइएको थियो।

महासंघको सार्वजनिक स्थान र सार्वजनिक चासोको विषयमा सञ्चारकर्मीको उपस्थिति स्वाभाविक हुने हुँदा यस प्रकारको रोक लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन भएको जनाएको छ । संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै महासंघले यस्ता प्रेसविरोधी कार्य नगर्न सम्बद्ध निकायहरूलाई अपिल गरेको छ।

महासंघका सचिव केशव सुवेदी समर्पणले जारी गरेको विज्ञप्तिमा सीडीओले आत्मालोचना गर्न र यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img