समाजहेटौँडामा सडक विस्तार प्रभावितले पत्रकारमाथि दुर्व्यवहार

हेटौँडामा सडक विस्तार प्रभावितले पत्रकारमाथि दुर्व्यवहार

हेटौँडा | हेटौँडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेको क्रममा समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएको छ।

प्रदर्शनकारीहरूले प्रशासनको मूल गेटबाहिर सडक विस्तार क्रममा भत्किएका घर बनाइदिन, मुआब्जा दिन, सिडिओको राजीनामा माग, सर्वोच्चको आदेश पालनाका लागि जस्ता माग राख्दै धम्कीपूर्ण भाषा र भौतिक आक्रमणको प्रयास गरेका थिए। उनीहरूले प्रशासन कार्यालय अगाडिका सडक छेउमा रहेका माटोका ढिस्कामा चढेका पत्रकारहरूलाई ओर्लिन दबाब दिने र नओर्लिए नहुने भन्दै धम्की दिएका थिए।

केहीले आफूहरूको पक्षमा “समाचारमा स्थान नदिएको” आरोप समेत लगाएका थिए। पत्रकारहरूले “तपाईंहरूको विषय समेट्नकै लागि यहाँ आएका हौँ” भन्दै सम्झाउने प्रयास गर्दा पनि प्रदर्शनकारीको ठूलो भिड पत्रकारमाथि जाइलागेको थियो। घटनास्थलमा प्रहरीले पत्रकारहरूको सुरक्षा गरेका थिए।

सम्पूर्ण पत्रकारहरू प्रेस स्वतन्त्रता र समाचार माध्यमको भूमिकामा चुनौती देखिने यस्ता घटनाप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img