देशबागमती प्रदेशकृष्णभीरको अवरोधपछि कोगटे–ईपा–सिस्नेरी सडकतर्फ प्रदेशको ध्यान

कृष्णभीरको अवरोधपछि कोगटे–ईपा–सिस्नेरी सडकतर्फ प्रदेशको ध्यान

spot_img

हेटौँडा । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने अर्को वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारको प्राथमिकतामा परेको मार्ग भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक हो । मुख्यमन्त्री किरण थापा मगरसहितको टोलीले बिहीबार सडकको अवस्था र तत्काल गर्नुपर्ने मर्मतबारे स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणमा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा सहभागी थिए ।

कृष्णभीरको अवरोधपछि हेटौंडा–काठमाडौंका सवारी भीमफेदी–कुलेखानीसहितका सीमित वैकल्पिक सडकमा केन्द्रित भएका छन् । साँघुरा मार्गमा चाप बढ्दा यात्रा लम्बिएको छ र सडक व्यवस्थापन कठिन बनेको छ ।

मुख्यमन्त्री थापाले कोगटे–ईपा–सिस्नेरी सडक तत्काल मर्मत गरी वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइने बताए । चालु आर्थिक वर्षमा सडकको मर्मत र स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको उनले जानकारी दिए ।

यो सडक सञ्चालनमा आए मुख्य राजमार्ग बन्द हुँदा मकवानपुर हुँदै काठमाडौं जाने सवारीका लागि थप विकल्प खुल्नेछ । प्रदेश सरकारले तत्कालको यातायात समस्या कम गर्ने र दीर्घकालीन वैकल्पिक सम्पर्क मार्ग तयार गर्ने दुवै उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img