हेटौँडा | जेनजी मकवानपुरले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच नयाँ कार्यसमिति विस्तार गरिएको हो ।
वडाका करिब ५० जना युवाहरूको उपस्थितिमा सम्पन्न भेलाले आइत बहादुर मोक्तानको संयोजकत्वमा १७ सदस्यीय वडा समिति चयन गरेको जेनजी मकवानपुरका संयोजक सुगम नेगीले जानकारी दिए । उनका अनुसार नवगठित समितिको उपसंयोजकमा सुशील लामा चयन भएका छन् ।
कार्यक्रममा मकवानपुरका संयोजक नेगीले जेनजीहरू संगठित र एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले जेनजी मकवानपुर हाल संगठन विस्तारको तीव्रतामा रहेको जानकारी दिँदै जिल्लाका सबै पालिका र वडाहरूमा क्रमशः समिति गठन गरिने बताए ।
संयोजक नेगीले सामाजिक रूपान्तरण र रचनात्मक कार्यका लागि सबै जेनजीहरूलाई संस्थामा गोलबद्ध हुन आग्रह समेत गरेका छन् ।



