अर्थ व्यापारपेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं: पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भयको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५ रुपैयाँले वृद्धि गरेको छ। निगमको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १५० रूपैँया पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैँया पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ रूपैँया २८ पैसा, डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको छ। तर मट्टितेलमा भने १९ रूपैँया ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img