Friday, July 18, 2025
धर्म/संस्कृतिहेटौंडामा वैशाख २० गते देखी बिराट महायज्ञ

हेटौंडामा वैशाख २० गते देखी बिराट महायज्ञ

spot_img

मकवानपुर : ‘महायज्ञको प्रभाव : सामाजिक सद्‌भाव’ भन्ने मुल नाराका साथ वैशाख २० गतेदेखि मकवानपुरमा सात दिने विराट महायज्ञ संचालन हुने भएको छ।

शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै महायज्ञमा हुने कार्यक्रमका बारेमा जानकारी दीइएको थियो । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ अन्तर्गत वि.सं. २०८० वैशाख २० गतेदेखि आयोजना हुने महायज्ञको मूल आयोजक समितिले जनाएको छ।

- Advertisement -

हरेक पाँच/पाँच वर्षमा आयोजना गरिँदै आएको यो महायज्ञ यस वर्ष अझै वृहत् हुने आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले बताए। महायज्ञ अवधिभर हजारौं भक्तिमयी मातृ शक्तिहरूबाट शान्तिशोभा कलशयात्रा शंख घण्ट, पञ्चेबाजा, डाण्डिया नृत्य, झाँकी, खैँजडी भजन, योगाभ्यास,करोडौं दीप प्रज्वलन, महाआरती विशेष नृत्यलगायत अनेक कार्यक्रम हुने जानकारी आयोजक समितिले दिएको छ।

महायज्ञ अनन्तश्रीविभूषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्वमा र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा. सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा कलात्मक अभिव्यक्तिका साथ भक्तिसंगीत अलौकिक भागवत प्रवचन हुने संयोजक सुमार्गीले बताए। महायज्ञको उत्घाटन बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बाट हुने जनाईएको छ  ।

उक्त महायज्ञ बैशाख २० गते देखी बैशाख २६ गते सम्म बिभिन्न कार्यक्रम गरि हुने समितिका महासचिव हयग्रीव आचार्यले बताए । आचार्यका अनुसार महायज्ञमा आउने सम्पूर्ण दर्शन्र्थीलाई दक्षिण समेत दिने व्यवस्था मिलाईएको छ । २० गते बिहान ७ बजे बिशाल शान्तिशोभा कलश यात्रा, बैशाख २४ गते दिउसो ३ बजे बिश्व शान्तिको कामना गर्दै हेटौडा बजारको मुख्य चोकहरुमा दीप प्रज्ज्वलन, बैशाख २४ गते बिहान ८ बजे बटूकहरुको बैदिक ब्रतबन्ध हुने र बैशाख २५ गते ५ बजे राप्तीतटमा सवापाच करोड दिपप्रज्ज्वलन गरिने उनले बताए ।

महायज्ञले निर्माणधीन बहुआयामिक धर्मसालाको परिपूर्णता, करियापुत्री भवन निर्माण, बेदधाकयाको स्थायीकरण, होमकुण्ड निर्माण, मुक्तिनाथ मन्दिर निर्माण, वैकुण्ठद्वार निर्माण र दुर्लभ वनस्पतियुक्त श्रीवानको निर्माणमा सहयोग पुग्ने समितिले जनाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img