देशकोशी प्रदेशसुन्दरहरैंचाको पाथीभरा मन्दिरमा ३० लाख बढी दान संकलन

सुन्दरहरैंचाको पाथीभरा मन्दिरमा ३० लाख बढी दान संकलन

सुनसरी : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ८ चन्द्रनगरमा रहेको पाथीभरा मन्दिर निर्माणका लागि आयोजित पुराणबाट ३० लाख भन्दा बढी दान संकलन भएको छ ।

श्रीमददेवी भागवत नवाह ज्ञान महायज्ञ मार्फत उक्त रकम ८ औं दिन सम्ममा संकलन भएको समारोह समितिका कोषाध्यक्ष जनक खत्रीले जानकारी दिए । धार्मिक आस्थाकी देवीको रुपमा लिईने पाथीभरा माताको दर्शन गर्न र कथा तथा संगीतमय भजन श्रवण गर्न विभिन्न जिल्लाबाट धर्मावलम्बीको उपस्थिति रहेको थियो ।

मन्दिर निर्माणका लागि जारी नवाहा पुराणका लागि विभिन्न देशमा रहेका नेपालीबाट समेत दान संकलन प्राप्त भएको हो । मन्दिर निर्माणका लागि ८ औं दिनमा मुलसमारोह समितिका अध्यक्ष भट्टराईले २ लाख ५० हजार र कोशी प्रदेशका निवर्तमान सांसद तथा मुल समारोह समितिका संयोजक लोक प्रसाद संग्रौलाले २ लाख दान गरेका थिए । उक्त पुराण बिहिवार विविध कार्यक्रम गरी समापन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img