Monday, January 13, 2025
धर्म/संस्कृतिइटहरीमा पनि अस्ताउदो सुर्यलाई अर्घ दिई छट पर्व मनाईयो

इटहरीमा पनि अस्ताउदो सुर्यलाई अर्घ दिई छट पर्व मनाईयो

इटहरी / तराई मधेसमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई इटहरीमा पनि छट पर्व मनाईएको छ ।

दुई लाख भक्तजनहरू भित्र्याउने तयारी सहित बुढीखोलामा झण्डै एक किलोमिटर क्षेत्रफलमा पाँच सयवटा पूजाघाट निर्माण गरिएको छ ।

२४ लाख बढी खर्च लारेर आयोजना आयोजक छैठपर्व सेवा समिति इटहरीले जनाएको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।अस्ताउँदो सूर्यलाई अर्घ दिन देशका विभिन्न स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

iTAHARI UPA scaled 1

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img