धर्म/संस्कृतिबिहीबार भगवान् विष्णुको पूजा

बिहीबार भगवान् विष्णुको पूजा

विष्णु पुराणअनुसार बिहीबार भगवान् विष्णुको पूजा गर्ने परम्परा छ। विष्णु सृष्टिका पालनकर्ता मानिन्छन्। उनको आराधना गर्दा धन, पुत्र र विद्या प्राप्त हुने विश्वास गरिन्छ।

बिहीबारको दिन बिहान नै स्नान गरेर पहेंलो वस्त्र धारण गर्नुपर्छ। पहेंलो फूल र चन्दनबाट प्रसाद बनाइन्छ। यो प्रसाद भगवान् विष्णुलाई अर्पण गरी पूजा गरिन्छ। कतिपयले लक्ष्मीदेवीको पनि साथमा पूजा गर्ने गर्दछन्।

पूजामा ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तीमा पाँच माला जाप गर्नुपर्छ। यो व्रत कम्तिमा ७ महिनादेखि १३ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको समयसम्म शुद्ध रहनु महत्त्वपूर्ण मानिन्छ।

आस्थावान् हिन्दूहरूको विश्वास छ कि बिहीबारको दिन भगवान् विष्णुको यसरी भक्तिपूर्वक पूजा गरेमा विष्णु प्रसन्न हुनुहुन्छ र घरपरिवारमा सुख, शान्ति र समृद्धि आउँछ। धन, बच्चा र विद्या प्राप्त गर्न सकिन्छ। यसैले धेरैजसो घरपरिवार यो व्रत बस्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img